राजनीति
Jan 17, 2020
प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल
काठमाडौँ, माघ ३ प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी चयनलगायतका विषयमा आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ । द्वन्द्वकालीन घटनालाई निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सहमतिका आधारमा पदाधिकारी चयन र ती आयोगमा यसअघि परेका उजुरी तथा मुद्दाका विषयमा छलफल भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँहरुबीच यी आयोग र समसामयिक विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा गहन छलफल भएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video