प्रमुख समाचार
Jan 17, 2020
युएईमा बस दुर्घटनामा तिन नेपाली महिलाको मृत्यु भएको पुष्टी, नुवाकोटकी महिला सहित १४ घाइते (नामावली सहित)
 काठमाण्डौं । माघ ३ । संयुक्त अरब इमिरेट युएईको आवुधाबीमा भएको भयानक दुर्घटनामा परि तिन नेपालीले ज्यान गुमाएको पुष्टी भएको छ । सवारी दुर्घटनामा परी १४ जना घाइते भएका छन् । 
एमबीएम कम्पनीमा कार्यरत उनीहरु काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा बिहीबार बिहान ५ः३० बजे दुर्घटनामा परेका थिए । गुडिरहेको लरीमा ठोक्किएर बस दुर्घटना भएको थियो ।
ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ । तामाङको ठेगाना भने खुल्न बाँकी छ । यही घटनामा अन्य देशका ३ नागरिकको पनि ज्यान गएको छ ।दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । घाइते हुनेहरूमा नुवाकोटकी सरिता तामाङ, सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् । त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन।
मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्किएकी छिन् । अन्य १३ जनाको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ। बसमा चालकसहित २४ सवार थिए । जसमा २३ महिला रहेको बताइएको छ । दुर्घटनाको खबरपाएपछि आबुधाबीस्थित नेपाली दूतावासका प्रतिनिधी कामदार उपचाररत अस्पताल पुगेका थिए ।दूतावासका तर्फबाट राजदुत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल, श्रम काउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पिआरओ) इरफान आलम अस्पताल पुगेका हुन् ।घाइतेहरूको उपचारमा कम्पनीले सहयोग गरिरहेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्कीले बताए ।यसअघि ०७६ असोजको दोस्रो साता दुवईमा नेपाली चढेको सवारी दुर्घटना भएको थियो । जसमा ६ नेपालीले ज्यान गुमाएका थिए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video