आज मिति २०७६ फागुन १२ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  वाग्मती प्रदेशसभाको बैठक : मुख्यमन्त्री पौडेलद्वारा दुई विधेयक प्रस्तुत  |  प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु  |  महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ  |  आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालाई स्वर्ण  |  एमसीसी फिर्ता नलगे सडकमा आउने चेतावनी : सीपी गजुरेल  |  “टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”  |  महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश शुभारम्भ  |  बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो : महत  |  तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रम ओली
प्रमुख समाचार
Jan 15, 2020
काँग्रेस नेता पौडेल र भारतीयमन्त्री सिंहबीच भेट
काठमाडौँ, माघ  १ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री एवं भारतीय जनता पार्टीका पूर्वअध्यक्ष राजनाथ सिंहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको नेता पौडेलले जानकारी दिनुभएको छ । वरिष्ठ नेता पौडेल रक्तचापको समस्या देखिएपछि उपचारका लागि सोमबार भारतको नयाँदिल्ली जानुभएको थियो । स्वास्थ्योपचारसँगै राजनीतिक भेटवार्ता पनि भएको र बिहीबार थप भारतीय उच्च नेतासँग भेटवार्ता हुने सम्भावना रहेको उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । यसैगरी उपचारका लागि नयाँदिल्लीमा रहनुभएका नेता पौडेलले सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । यस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान दिएको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रूपमा रहेको मकरसङ्क्रान्ति र माघी पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् भनी नेता पौडेलले शुभकामना दिनुभएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video