आज मिति २०७६ फागुन १२ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  वाग्मती प्रदेशसभाको बैठक : मुख्यमन्त्री पौडेलद्वारा दुई विधेयक प्रस्तुत  |  प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु  |  महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ  |  आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालाई स्वर्ण  |  एमसीसी फिर्ता नलगे सडकमा आउने चेतावनी : सीपी गजुरेल  |  “टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”  |  महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश शुभारम्भ  |  बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो : महत  |  तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रम ओली
राजनीति
Jan 12, 2020
नेकाको असहमति
काठमाडौँ,  पुस २७ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएकामा असहमति प्रकट गरेको छ । काँग्रेसले यस विषयलाई सरकार र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसद्प्रतिको गैरजिम्मेवार व्यवहारका रूपमा लिएको आरोप लगाएको छ । काँग्रेसले आज विज्ञप्तिमार्फत संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुने भए पनि तीन महीनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न नसकेको भन्दै विरोध प्रकट गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गर्नुभएको विज्ञप्तिमा नयाँ सभामुख चयनका लागि प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु गलत भएको उल्लेख छ । स्वयं सत्तापक्षका कारण महिना दिनदेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापूर्वक लिएको भन्दै काँग्रेसले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई सुझाव दिएको छ । साथै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपासँग काँग्रेसले आग्रह गरेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video