आज मिति २०७६ फागुन १२ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  वाग्मती प्रदेशसभाको बैठक : मुख्यमन्त्री पौडेलद्वारा दुई विधेयक प्रस्तुत  |  प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु  |  महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ  |  आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालाई स्वर्ण  |  एमसीसी फिर्ता नलगे सडकमा आउने चेतावनी : सीपी गजुरेल  |  “टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”  |  महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश शुभारम्भ  |  बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो : महत  |  तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रम ओली
राजनीति
Jan 04, 2020
अनेरास्ववियुले पूर्णता पायो
काठमाडौँ,  पुस १९ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो । गत जेठ ३ गते नेकपाले अनेरास्ववियुका संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङलाई तोके पनि पूर्णता पाउन सकेको थिएन । यसअघि अनेरास्ववियुले जिल्ला कमिटीलाई पूर्णता दिइसकेको छ । साविक अनेरास्ववियुबाट १८० र क्रान्तिकारीबाट १५५ केन्द्रीय सदस्यमा अटाएका छन् । अनेरास्ववियुका इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल तथा संयोजक महर र सहसंयोेजक तामाङसहितको ‘फ्रयाक्सन कमिटी’को बैठकले पूर्णता दिइएको हो । नवगठित कमिटीमा १११ केन्द्रीय सदस्यको सचिवालय र ४५ जनाको स्थायी कमिटीसमेत गठन गरिएको छ । केन्द्रीय कार्यालय कमिटीपछि तोकिने संयोजक महरले जानकारी दिनुभयो । केन्द्रीय कमिटीसँगै २१ सदस्यीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगसमेत गठन गरिएको छ । निर्वाचन आयोगमा संयोेजक भाष्कर खनाल र सचिव गजेन्द्र देव, लेखा आयोगमा संयोजक धर्मेन्द्र रोकाय र सचिव मदन भुल, अनुशासन आयोगमा संयोजक प्रविणा अधिकारी र सचिव खेम मरासिनी रहनुभएको छ । नेकपामा विद्यार्थीसँगै अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, राष्ट्रिय युवासङ्घ, प्रेस सङ्गठन नेपाल, इञ्जिनीयरिङ एशोसिएशन, निर्माण व्यवसायी सङ्गठनले समेत पूर्णता पाइसकेको छ । अनेरास्ववियुका सहसंयोजक तामाङले पूर्णता पाएको कमिटीसहित अनेरास्ववियुको राष्ट्रिय भेला यही पुस २७ गते र केन्द्रीय कमिटी बैठक पुस २८ गते डाँकिएको जानकारी दिनुभयो । अनेरास्ववियुले माघ पहिलो हप्तासम्म प्रदेश कमिटी गठन गर्नेसमेत भएको छ । प्रदेश कमिटीमा चार प्रदेश साविक अनेरास्ववियु र तीन प्रदेशमा क्रान्तिकारीलाई पाउने सहमति भएको छ । उहाँले अनेरास्ववियुलाई पूर्णता दिएर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको तयारीमा लाग्ने बताउनुभयो । अनेरास्ववियुले क्याम्पस एकाइ कमिटीलाई भने पूर्णता दिन बाँकी रहेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video