आज मिति २०७६ फागुन १२ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  वाग्मती प्रदेशसभाको बैठक : मुख्यमन्त्री पौडेलद्वारा दुई विधेयक प्रस्तुत  |  प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु  |  महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ  |  आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालाई स्वर्ण  |  एमसीसी फिर्ता नलगे सडकमा आउने चेतावनी : सीपी गजुरेल  |  “टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”  |  महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश शुभारम्भ  |  बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो : महत  |  तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रम ओली
राजनीति
Jan 03, 2020
राष्ट्रियसभा निर्वाचनका लागि नेकपाको उम्मेदवार चयन
काठमाडौँ,  पुस १८ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न नेकपाको सचिवालय बैठकले निर्वाचनका लागि उम्मेदवार चयन गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन आगामी माघ ९ गते हुँदैछ । उहाँका अनुसार प्रदेश नं १ मा महिलातर्फ इन्दु गौतम, दलितमा गोपी अक्षामी र अन्यमा देवेन्द्र दाहाललाई चयन गरेको छ । यसैगरी प्रदेश नं २ मा महिलामा तुल्सा दाहाल, दलितमा राधेश्याम पासवानलाई चयन गरेको छ । प्रदेश नं २ मा नेकपाले दुई स्थानका लागि राष्ट्रिय जनता पार्टी (राजपा) का सँग सहकार्य गर्ने सहमति गरेको छ । बैठकले प्रदेश नं ३ मा महिलामा गङ्गा बेल्वासे र अन्यमा बेदुराम भुसाल, गण्डकी प्रदेशमा अन्यमा नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने, प्रदेश नं ५ मा महिलामा विमला घिमिरे, अपाङ्गता÷अल्पसङ्ख्यकमा जगप्रसाद शर्मा, अन्यमा गोपाल भट्टलाई उम्मेदवार तय गरेको छ । यसैगरी कर्णाली प्रदेशमा अन्यतर्फ मायाप्रसाद शर्मा, महिलामा सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यतर्फ तारामान स्वाँर र महिलामा शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्त श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन आयोगले सो निर्वाचनका लागि यही पुस २० गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्र्ने कार्यतालिकता तय गरेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video