आज मिति २०७६ फागुन १२ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  वाग्मती प्रदेशसभाको बैठक : मुख्यमन्त्री पौडेलद्वारा दुई विधेयक प्रस्तुत  |  प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु  |  महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ  |  आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालाई स्वर्ण  |  एमसीसी फिर्ता नलगे सडकमा आउने चेतावनी : सीपी गजुरेल  |  “टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”  |  महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश शुभारम्भ  |  बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो : महत  |  तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रम ओली
राजनीति
Dec 21, 2019
नेपाली काँग्रेस शिवपुरी–काठमाण्डौं सम्पर्क समाजद्धारा नुवाकोटको सुइरेको चौरमा बनभोज कार्यक्रम आयोजना
काठमाण्डौं । पुस ५। नेपाली काँग्रेस शिवपुरी– काठमाण्डौं सम्पर्क समाजद्धारा नुवाकोटको शिवपुरी ७ स्थीतसुइरेको चौरमा बनभोज कार्यक्रम आयोजना गरेको छ । काठमाण्डौंबाट झण्डै २२ किलोमिटरको दुरीमा रहेको रमणिय पर्यटक स्थल सुइरेको चौरमा बनभोजका लागि नेपाली काँग्रेसका केन्द्रीय नेता देखी समाजका पदाधीकारीहरु, जनप्रतिनिधिहरु, शिक्षक, सामाजीक अभियन्ता लगायत झण्डै तिन सयको उपस्थीति रहेको थियो । 
Image may contain: 2 people, people on stage and outdoor
बनभोज कार्यक्रममा बोल्दै पुर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले सुईरेको चौरलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न सकिएमा नुवाकोटको बिकासमा सहयोग पुग्ने बताउनुभयो ।
सुइरेको चौरबाट नुवाकोटको आधा हिस्सा देख्न सकिने बताँउदै डा महतले नुवाकोट पर्यटन प्रवद्र्धनमा प्रचुर सम्भाबना रहेको बताउनुभयो । 
कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले काँग्रेस पार्टीमा गुट उपगुट मौलाउनु दुखद रहेको बताँउदै काँग्रेस भित्र एकता भएमा कम्युनिष्टहरुलाई सहजनै पराजय गर्न सकिने बताउनुभयो । 
सभापति केसीले सम्पर्क समाज समाजहरुले नेपाली काँग्रेसलाई सक्रिय बनाउन सहयोग पुगेको बताउनुभयो ।  
नेपाली काँग्रेस–शिवपुरी काठमाण्डौं सम्पर्क समाजका अध्यक्ष मुकुन्द पाण्डेले शिवपुरी ७ को सुईरेको चौरलाई पर्यटकीय हबको रुपमा बिकास गर्नका निम्ती बनभोज आयोजना गरिएको बताउनुभयो । 
नेपाली काँग्रेस–शिवपुरी काठमाण्डौं सम्पर्क समाजका उपाध्यक्ष एवं शिवपुरी यातायातका अध्यक्ष प्रह्लाद थापाले स्वागत मन्तव्य राख्दै सुईरेको चौरको प्रचार प्रसार गर्न सकिएकोमा पर्यटन प्रवद्र्धनमा अपार सम्भाबना रहेको बताउनुभयो । 
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शिवपुरी उपशाखाका नवनिर्वाचीत अध्यक्ष भिमसेन खडका सहित पदाधीकारीहरुलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, नेपाली काँग्रेस नुवाकोटका उपसभापति लक्ष्मण थापा,जिल्ला सदस्य उमा थापा,  नेपाली काँग्रेसका पुर्व क्षेत्रीय सभापति एवं जिल्ला सदस्य गोबिन्द थपलिया, नेपाली काँग्रेस महासमिति सदस्य कबिराज गुरुङ, नेपाली काँग्रेसका महासमिति सदस्य एवं शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापा, शिवपुरी गाँउपालीकाकी उपाध्यक्ष एवं महासमिति सदस्य मञ्जु केसी, दुप्चेश्वर गाँउपालीकाका अध्यक्ष योवेन्द्र सिंह तामाङ, नेपाली काँग्रेसका प्रदेशसभाका उम्मेद्धवार एवं युवा नेता रमेश महत, गिरीजा प्रसाद कोइराला फाउण्डेसन नुवाकोटका अध्यक्ष रमेश कुमार पाठक, जिल्ला समन्वय समिति नुवाकोटका सदस्य रामसिंह तामाङ, नेका क्षेत्रीय सदस्य अक्कल तामाङ, नेका पुर्व क्षेत्रीय सदस्य यम बहादुर थापा,नेपाली काँग्रेस शिवपुरी गाँउपालीका ८ का इकाई सभापति रामकृष्ण डंगोल, नेपाली काँग्रेस शिवपुरी गाँउपालीका ७ का इकाई सभापति एवं वडा अध्यक्ष माधव प्रसाद भेटुवाल, नेपाली काँग्रेस शिवपुरी गाँउपालीका ६ का इकाई सभापति एवं वडा अध्यक्ष लालबहादुर तामाङ, नेपाली काँग्रेस शिवपुरी गाँउपालीका ४ का इकाई सभापति गोकर्ण थापा तथा वडा अध्यक्ष झमक गुरुङ, शिवपुरी गाँउपालीका ३ का वडा अध्यक्ष रामहरी थापा, नेपाली काँग्रेस शिवपुरी गाँउपालीका २ का इकाई सभापति एवं वडा अध्यक्ष रुद्र बा गुरुङ, नेपाली काँग्रेस शिवपुरी गाँउपालीका १ का इकाई सभापति एवं वडा अध्यक्ष महेन्द्र बहादुर खत्रीको उपस्थीति रहेको थियो ।
Image may contain: 1 person
त्यस्तै नेपाली काँग्रेस लिखु–काठमाण्डौं सम्पर्क समाजका अध्यक्ष ठाकुर लामिछाने, नेपाली काँग्रेस पञ्चकन्या–काठमाण्डौं सम्पर्क समाजका अध्यक्ष गणेश सिटौला, नेपाल किसान संघ नुवाकोटका सचिब शिव गुणी, नेपाली काँग्रेसका तर्फबाट पञ्चकन्या गाँउपालीकाका अध्यक्षका उम्मेद्धवार केशव राज थापा, नेकाका नेताहरु भरत खडका, कृष्ण प्रसाद कुईकेल, नेका शिवपुरी ८ का अध्यक्षका उम्मेद्धवार केशव रिजाल, , नेपाल महिला संघ नुवाकोटकी अध्यक्ष हिरा पाण्डे, सामुदायीक विद्यालय महासंघ शिवपुरीका अध्यक्ष हरी दुलाल, नेपाल शिक्षक संघ शिवपुरीका अध्यक्ष माधव ठकुरी, कुम्भेश्वर माविका प्रअ राजनप्रसाद थपलिया, रामायण छाप माविका प्रअ चिरञ्जीवि खतिवडा, श्याउरे भुमि माविका प्रअ रामहरी थापा, पञ्चकन्या भुमे प्रा.विका प्रअ ध्रुव प्र सिलुवाल, कालिका माविका सहायक प्रअ दामोदर आचार्य,नेविसंका पुर्व केन्द्रीय सदस्य जयराम दाहाल लगायत ३ सय बढीको उपस्थीति रहेको थियो । 
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video