आज मिति २०७६ फागुन १२ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  वाग्मती प्रदेशसभाको बैठक : मुख्यमन्त्री पौडेलद्वारा दुई विधेयक प्रस्तुत  |  प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु  |  महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ  |  आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालाई स्वर्ण  |  एमसीसी फिर्ता नलगे सडकमा आउने चेतावनी : सीपी गजुरेल  |  “टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”  |  महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश शुभारम्भ  |  बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो : महत  |  तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रम ओली
राजनीति
Dec 20, 2019
काँग्रेसद्वारा संविधानअनुकूल विधेयक प्रस्तुत गर्न माग
काठमाडौँ, पुस ४ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधानको भावना र मर्मविपरीत सदनमा विधेयक प्रस्तुत गरिएको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ । काँग्रेस संसदीय दलको  हिजो बसेको बैठकले नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलगायतका विधेयक फिर्ता लिई संविधान अनुकूल विधेयक प्रस्तुत गर्न सरकारसँग माग गरेको हो । बैठकले संवैधानिक परिषद्को कार्य सञ्चालन गर्ने ऐनलाई संशोधन गर्न अध्यादेशमार्फत प्रयास भएको जनाउँदै यस सन्दर्भमा संविधानविपरीत संसदीय पद्धतिको विरुद्ध हुने गरी ल्याइने कुनै पनि विधेयकप्रति आपत्ति प्रकट गर्ने जनाएको छ । विश्वविद्यालयमा गरिएका कतिपय नियुक्तिहरुले विद्यालयको प्राज्ञिक स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाउँदै काँग्रेसले त्यसप्रति आपत्ति प्रकट गरेको छ । विश्वविद्यालयको प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप नगर्न सरकारसँग माग गर्ने निर्णय गरेको काँग्रेस सचेतक पुष्पा भुषाल गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले राजनीतिक पूर्वाग्रह राखी राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी एवं सर्वसाधारणमाथि झुटा मुद्दा लगाउने कार्य भएको टिप्पणी गर्दै सो कार्य तत्काल बन्द गर्न माग गरेको छ । रौतहट क्षेत्र नं २ बाट निर्वाचित काँग्रेसका सांसद मोहमद अफताव आलममाथि राजनीतिक पूर्वाग्रह राखी झुटा प्रमाण सङ्कलन गर्दै फसाउने कार्य भएको भन्दै काँग्रेस संसदीय दलले आपत्ति जनाएको छ । बैठकले स्वतन्त्र र निष्पक्ष छानबिनमाथि सरकारलाई पूर्वाग्रही ढङ्गबाट हस्तक्षेप नगर्नसमेत सचेत गराएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी बैठकले भारतसँगको सीमा समस्या समाधानका लागि सरकारले हालसम्म गरेका पहलका बारेमा संसद्मा जवाफ माग गर्ने निर्णय गरेको छ । काँग्रेसले प्रधानमन्त्री तहबाट हालसम्म सो सन्दर्भमा कुनै पहल भएको नदेखिएको भन्दै त्यसबारे संसद्मा स्पष्ट जवाफको लागि माग गर्ने निर्णय गरेको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालका अभिभाज्य भूमि भएको र भारतले केही समय अगाडि उक्त सम्पूर्ण भू–भागलाई आफ्नो भूमिमा गाभेर प्रकाशित गरेको नक्साप्रति आपत्ति जनाउँदै सो बारेमा काँग्रेसले यसअघि नै आफ्नो धारणा स्पष्ट गरिसकेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाबाट राष्ट्रियता र राष्ट्रिय अखण्डताजस्तो संवेदनशील विषयमा प्रतिपक्ष नभई राष्ट्र एकसाथ उभिनुपर्ने धारणा राखी सो विषयमा सरकारले लिने कूटनीतिक पहल र अग्रसरतामा पार्टीको पूर्ण सहयोग र समर्थन रहने स्पष्ट दृष्टिकोण राखिसकेको समेत काँग्रेसले जनाएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशनबीच भएको अनुदान सहायता सम्झौतालाई यथाशीघ्र सदनबाट पारित गर्दै कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video