राजनीति
Dec 13, 2019
नेकपा सचिवालय बैठक स्थगित
काठमाडौँ,  मङ्सिर २७ नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ । यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो । नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ । स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video