समाज
Dec 12, 2019
गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटद्धारा सामाखुसीमा विशेष कार्यक्रम गदै
रबिन थपलिया । काठमाण्डौं । मंसिर २६ । नेपाली राजनीतिका शिखर पुरुष, पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको सम्मानमा स्थापना गरिएको गिरीजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटले बृहत्त अन्तरक्रिया तथा अभिनन्दन कार्यक्रम गर्ने भएको छ । 
फाउण्डेसनको आयोजनामा यहि मंसिर २८ गते शनिबार बिहान ८ बजे काठमाण्डौंको सामाखुसी स्थीत स्काई पार्टी प्यालेसमा विशेष कार्यक्रम आयोजना गरिएको छ । 
लोकतन्त्र, शान्ति र विकासका लागि बृहत्त शान्ति सम्झौता भएको ऐहितहाँसीक दिनको सम्झनामा गिरिजाप्रसाद कोइराला जीवन बृत्त एक चर्चा बिषयक अन्तरक्रिया कार्यक्रम गरिने गिरीजा प्रसाद कोइराला फाउण्डेसन नुवाकोटका अध्यक्ष रमेश कुमार पाठकले जानकारी दिनुभयो । 
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा  पूर्व अर्थमन्त्री डा. रामशरण महत, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केशी, नेपाली कांग्रेसका सह महामन्त्री डा.प्रकाशशरण महत, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद बहादुरसिंह लामा, नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केशी लगायतका राजनीतिक दलका नेता तथा सामाजीक अभियन्ताहरुको उपस्थीति रहने फाउण्डेसन नुवाकोटले जनाएको छ । कार्यक्रममा १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नुवाकोट जिल्लाबाट सहभागी पदक बिजेता खेलाडी तथा सामाजिक अभियन्ताहरुलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको बताइएको छ । कार्यक्रममा सहभागीताको लागि गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटले सबैमा निमन्त्रणा गरेको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video