आज मिति २०७६ फागुन १२ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  वाग्मती प्रदेशसभाको बैठक : मुख्यमन्त्री पौडेलद्वारा दुई विधेयक प्रस्तुत  |  प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु  |  महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ  |  आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालाई स्वर्ण  |  एमसीसी फिर्ता नलगे सडकमा आउने चेतावनी : सीपी गजुरेल  |  “टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”  |  महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश शुभारम्भ  |  बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो : महत  |  तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रम ओली
मनाेरञ्जन/रोचक
Dec 12, 2019
परम्परागत बाजा र तस्वीर प्रदर्शनी शुरु
ललितपुर, मङ्सिर  २६ पाटन दरबार सङ्ग्रहालयमा परम्परागत बाजा र पुराना तस्वीरको प्रदर्शनी शुरु भएको छ । नजिकै आएको नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर सङ्ग्रहालयले उक्त प्रदर्शनी आयोेजना गरेको हो । आजदेखि शुरु भएको डेढमहिने सो प्रदर्शनीमा पाटनका पुराना २४ तस्वीर तथा द, काँ, डमरु, मादल, दमोखी, मृदङ्ग, सारङ, ढ्याङ्ग्रो, नेखिन, शङ्ख, नेकु, डबडब, जोनगडा, पञ्चताल र नगडालगायत बाजा रहेको पाटन दरबार सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्ग्रहालयले २२ आँै वर्षगाँठको अवसर पारेर नेपालमा रहेका परम्परागत बाजा तथा पुराना तस्वीर प्रदर्शन गर्दा बढीभन्दा बढी मानिसले यसको महत्व र इतिहासबारे सजिलै जानकारी हासिल गर्न सक्ने छन् ।” संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पैँतीसौँ विश्व कला नगरीका रुपमा घोषित पाटनको कला, संस्कृति, रीतिरिवाज, परम्परा, मूल्यमान्यताबारे पुराना बाजा र तस्वीरले थप उजागर गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यी दुई थरिका प्रदर्शनीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न अति नै सहयोग पु¥याउने छ ।” पुरात्तत्व विभागका महानिर्देशक दामोदर गौतमले एशियाको उत्कृष्ट सङ्ग्रहालय पाटन दरबार सङ्ग्रहालयको विशेषता झल्काउन पुराना बाजा र तस्वीरले निकै सहयोग गर्ने बताउनुभयो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलेपाटन घुम्न आउने विदेशी पर्यटकलाई पाटनको मूर्त तथा अमूर्त सम्पदाबारे सम्पूर्ण जानकारी लिखित रुपमा प्रदान गर्न आवश्यक रहेको सल्लाह दिनुभयो । उहाँले भन्नुभयो, “यदि लिखित रुपमा पुस्तक, पर्चा, पम्पलेट नेपाली तथा अन्तरराष्ट्रिय भाषामा प्रकाशन गरेर वितरण गर्ने सकियो भने हेरेको भरमा मात्र नभई पढेका आधारमा पनि पर्यटकले यो मन्दिरको नाम यो र अर्काे मन्दिरको नाम यो भन्ने कुरा विदेशमा समेत प्रचार गर्न सक्छन् ।” नेपालमा विविध प्रकारका कला र संस्कृति रहँदा पुस्तकले बिर्सेका कुरा सम्झाउन थप सहयोग गर्ने जोशीको भनाइ थियो । सङ्ग्रहालय सदस्य रेनुका बज्राचार्यले पाटनभित्र रहेको भण्डारखाल पोखरी सुव्यवस्थित, संरक्षण र आकर्षक बनाउन स्थानीय जनसमुदायदेखि राजनीतिक दल सबैको साथ र मायाको अपेक्षा गरिएको बताउनुभयो । सङ्ग्रहालय विकास समितिका पूर्व सदस्य डा. प्रेमकुमार खत्रीले दरबार सङ्ग्रहालय र ललितपुर महानगरपालिकाबीच एकद्वार प्रणाली लागु भएसँगै पाटनको आम्दानी थप बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाटनमा एकद्वार प्रणालीका कारण पर्यटकको सङ्ख्या निकै वृद्धि भएको देखिन्छ ।” अष्ट्रिया सरकारको सहयोगमा सङ्ग्रहालयले पुनःजीवन पाउन सफल भएको खत्रीले जानकारी दिनुभयो । पाटन सङ्ग्रहालयका कार्यकारी निर्देशक सन्दीप खनालले पाटनमा ‘इ–टिकेट’ प्रणालीबाट पर्यटकलाई सेवा दिन शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ सङ्ग्रहालयमा थप प्रदर्शनी कक्ष बढाउने सोचमा हामी अघि बढेका छाँै ।” सङ्ग्रहालयले ‘पाटन सङ्ग्रहालय तीन भाग’ तथा वाङ्मय शताब्दी पुरुष जोशीको जीवनीमा आधारित ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी विशेषाङ्क २०७६’ गरी दुई पुस्तक प्रकाशन गरेर सार्वजनिक पनि गरेको छ । सङ्ग्रहालयमा लामो समय आफ्नो जीवन समर्पण गर्नुभएका श्यामलाल महर्जनलाई पनि सङ्ग्रहालयले सम्मान गरेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video