समाज
Dec 12, 2019
महिलाका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गुरुङ
काठमाडौँ, मङ्सिर २६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाका क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा मन्त्री गुरुङले महिलाका सवालमा देखिएका समस्या समाधानका लागि सरकारलाई आवश्यक सुझाव दिनसमेत सम्बन्धित क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थालाई आग्रह गर्नुभयो । “महिलाका क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ, त्यसका लागि आवश्यक सुझाव दिन म सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ”, उहाँले भन्नुभयो । मन्त्री गुुरुङले दिगो विकास लक्ष्य हासिल गर्न पनि महिलासँग सम्बन्धित सबै समस्या समाधान गरेर अघि बढ्नुको विकल्प नरहेको पनि प्रस्ट पार्नुभयो । मन्त्री गुरुङले मन्त्रालयले शुरु गरेको गर्भवती र सुत्केरीका लागि लक्षित हवाई उद्धार कार्यक्रमलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्जुभयो । सो कार्यक्रमअन्तर्गत साउनदेखि कात्तिकसम्ममा ३० महिलाको उद्धार भएको छ । चालू आर्थिक वर्षमा ५० सुत्केरी महिलाको उद्धार गर्ने लक्ष्य राखेकामा पहिलो चार महिनामै सो सङ्ख्या पुगेको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत मन्त्रालयले गत वर्ष कात्तिक ३० देखि दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार शुरु गरेको थियो । सो कार्यक्रमबाट हुम्ला, दोलखा, तेह्रथुम, धादिङ, डोल्पा, बाजुरा, मुगु, सोलुखुम्बु, गोर्खा, कालीकोट, म्याग्दी, रुकुमपूर्व, जाजरकोट, सल्यानलगायत दुर्गम जिल्लाका महिला लाभान्वित भएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिलालाई मानव अधिकारको प्रत्याभूति दिलाउने काममा सरकार गम्भीर नभएको गुनासो गर्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video