आज मिति २०७६ फागुन १२ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  वाग्मती प्रदेशसभाको बैठक : मुख्यमन्त्री पौडेलद्वारा दुई विधेयक प्रस्तुत  |  प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु  |  महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ  |  आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालाई स्वर्ण  |  एमसीसी फिर्ता नलगे सडकमा आउने चेतावनी : सीपी गजुरेल  |  “टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”  |  महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश शुभारम्भ  |  बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो : महत  |  तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रम ओली
राजनीति
Dec 10, 2019
नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक
काठमाडौँ,  मङ्सिर २४ भारतले नेपालीभूमि समेटेर नक्शा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरङ्गकाबीच विद्यार्थीले अतिक्रमित नेपाली भूमिसहितको नक्शा सार्वजनिक गरेका छन् । नेपाल विद्यार्थी सङ्घका नेता एवं ‘चिनांै सीमा, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीको अगुवाइमा काठमाडौँको वसन्तपुरमा आज हजारौं विद्यार्थीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्शा प्रदर्शन गरेका हुन् । अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लगाउँदै नेविसङ्घले वृहद प्रदर्शनसहित नक्शा सार्वजनिक गरेको हो । अभियानका संयोजक विद्यार्थी नेता नवराज त्रिपाठीले काठमाडौँका विभिन्न विद्यालयमा पुगेर नेपालको वास्तविक नक्शा बनाउन सिकाइएको जानकारी दिनुभयो । नेपालको भूमि मिचिदाँसमेत हजारौं नागरिकलाई आफ्नो देशको वास्तविक नक्शाबारे थाहा नभएको भन्दै त्रिपाठीले आम नागरिकलाई देशको भूमि चिनाउन अभियान गरिएको पनि जानकारी दिनुभयो । नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले गुमेको भूमि फिर्ता गराउने अभियानमा नेपाल विद्यार्थी सङ्घ ७७ वटै जिल्लामा सक्रिय हुने भन्दै सीमा मिचिँदासमेत सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video